मुम्बई इन्डियन्सको लगातार दोस्रो हार

भक्तपुर न्यूज

१६ चैत २०८१ ७:४८

मुम्बई इन्डियन्सको लगातार दोस्रो हार

काठमाडौं। पाँचपल्टको इन्डियन प्रिमियर लिग (आइपिएल) विजेता मुम्बई इन्डियन्सको लगातार दोस्रो हार बेहोरेको छ।

शनिबार सम्पन्न खेलमा गुजरात टाइटन्सले मुम्बईलाई ३६ रनले हराएको हो। यो नतिजासँगै गुजरातले पहिलो जित हात पारेको छ। पहिलो खेलमा पञ्जाब किङ्ससँग गुजरात ११ रनले पराजित भएको थियो।

मुम्बईले भने चेन्नई सुपर किङ्ससँग चार विकेटको हार बेहोरेको थियो। गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन मात्रै बनाउन सक्यो।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए। २८ बल खेलेका उनले एक चौका र चार छक्का प्रहार गरे।

तिलक बर्माले ३६ बलमा तीन चौका र एक छक्कासहित ३९ रन बनाए। नमन धीर र मिचेल सान्टनेर समान १८ रनमा अविजित रहँदा अन्य ब्याटरले जादु चलाउन सकेनन्।

गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्णको नाममा समान दुई विकेट रह्यो। कागिसो रबाडा र शाई किशोरले समान एक विकेट हात पारे।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

गुजरातलाई पुन: ट्याकमा फर्काउन सुदर्शनले सर्वाधिक ६३ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।

जोश बटलरले २४ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन बनाए। कप्तान शुभमन गिल ३८, शेर्फेन रदरफोर्ड १८ रनमा आउट हुँदा गुजरातले लक्ष्य २०० पुर्‍याउन चुक्यो।

मुम्बईका हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। ट्रेन्ट बोल्ड, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एक विकेट हात पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *