६ दिनपछि उकालाे लाग्याे सेयर बजार

भक्तपुर न्यूज

१० चैत २०८१ १५:३०

६ दिनपछि उकालाे लाग्याे सेयर बजार

काठमाडौं ।  ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो। सो वृद्धिपछि नेप्से २६४५ अंकमा कायम भएको छ।कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो। त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो।

चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो। फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो।बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको करोडको भयो। २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो।

यस दिन सबै सेक्टरका सूचक बढेका छन्। फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशत बढ्यो। बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढे।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशत बढ्यो। पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशत बढ्यो।

अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशत मूल्य घट्यो।कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सिन्धु विकास उत्कृष्ट पाँचभित्र पर्न सफल भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *