डेनमार्कलाई पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश
काठमाडौं । डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५–२ को जित निकालेको पोर्चुगल समग्रमा ५–३ अग्रतासहित अघि बढेको हो । पहिलो लेगमा डेनमार्क १–० ले विजयी भएको थियो ।
पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ गोल गरे । १ गोल डेनमार्कले पोर्चुगललाई उपहारस्वरुप दिएको थियो । डेनमार्कका लागि भने क्रिस्टियन इरिक्सन र रामसुस क्रिस्टेन्सेनले गोल गरे ।
सन् २०१९ मा नेसन्स लिगको पहिलो संस्करण जितेको पोर्चुगल सोही लय दोहोर्याउने लक्ष्यमा छ । पोर्चुगलले अब जुन महिनामा आयोजना हुने अन्तिम ४ मा आयोजक जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१