आज पनि नेप्से १२.३८ अंकले घट्याे
काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।आज ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा आएको छ । नेप्सेमा आएको गिरावटसँगै आज नेप्सेको पुँजीकरणमा पनि ०.४६ अंकले गिरावट आयो ।
आज नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये १७५ वटा कम्पनीको मूल्यमा गिरावट आयो भने ६२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो । त्यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । आज नेप्से परिसूचकमा गिरावट आएसँगै जीवन बीमा समूह बाहेक सबै समूहको सूचक घट्न पुगेको छ ।
आजको शेयर कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५