धुम्बाराहीमा विद्युतीय बसमा आगलागी
काठमाडौं । काठमाडौंको धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार बिहान आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् ।
प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो । बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२६ वैशाख २०८२ १७:०७