अमेरिकाबाट फर्काइएका नौ नेपालीलाई सोधपुछपछि परिवारको जिम्मा लगाइयो
काठमाडौं । अमेरिकाले जहाजमा राखेर नेपाल फर्काएका ९ जनालाई प्रहरीसँग करिब अढाइ घन्टा सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रहरीको मानव बेचबिखन ब्यूरो लगिएका उनीहरूलाई ब्यूरोले परिवारको जिम्मा लगाएको हो।कागजपत्रविहीन ९ जनालाई अमेरिकाले बुधबार बिहान करिब १० बजे त्रिभुवन विभानस्थल ल्याइपुर्याएको थियो। त्यसपछि अध्यागमन विभागले प्रक्रिया पूरा गरेर प्रहरीको जिम्मा लगाएको थियो।
उनीहरूले प्रहरीसँगको बयानका क्रममा डंकी रुटबाट अमेरिका गएको र अध्यागमनले समातेको बताएका छन्। उनीहरूलाई अध्यागमनले सामान्य प्रक्रिया पूरा गरेर प्रहरीलाई बुझाएको थियो।
डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
