पूर्वयुवराज पारस शाहलाई हृदयाघात
काठमाडौं । पूर्वयुवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । हिजो आइतबार साँझ हृदयाघात भएपछि उनलाई काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।।
अहिले उनको उपचार जारी छ । पूर्वयुवराज पारसको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टिम खटिएको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार पारसको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
