फुलह्याम एफए कपको क्वाटरफाइनलमा

भक्तपुर न्यूज

१९ फागुन २०८१ १३:१७

फुलह्याम एफए कपको क्वाटरफाइनलमा

काठमाडौं ।  फुलह्याम एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ओल्ड ट्र्याफोर्डमा भएको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फुलह्यामले अन्तिम आठमा स्थान पक्का गर्यो।

पहिलो हाफको अन्त्यतिर बासेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। तर दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काउँदै युनाइटेडलाई खेलमा फर्काए। निर्धारित समयसम्म खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समय खेलाइयो। अतिरिक्त समयमा युनाइटेडका गोलकिपर ओनानाले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म पुर्‍याए।

सुरुवाती तीन पेनाल्टीमा फुलह्यामका गोलकिपर लेनो गलत दिशा गएका थिए। तर, त्यसपछि उनले लगातार दुई बचाउ गर्दै लिन्डेलोफ र जिर्क्जीका प्रहार रोकेर अमोरीमको टोलीलाई प्रतियोगिताबाट बाहिर धकेलिदिए।

तर अन्ततः सिल्भाको टोली नै विजयी बन्यो। अर्कोतर्फ, युनाइटेडका प्रशिक्षक अमोरीममाथि दबाब बढेको छ। अब उनीहरूको एक मात्र उपाधि जित्ने अवसर युरोपा लिगमा रहेको छ, जहाँ उनीहरू बिहीबार अन्तिम-१६ को पहिलो लेगमा रियल सोसिडाडको सामना गर्नेछन्।फुलह्याम भने शनिबार प्रिमियर लिगमा ब्राइटनसँग खेल्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *