जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
कैलाली । कैलालीमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई हिजो राति पक्राउ गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित डडेल्धुरा आलिताल गाउँपालिका–३ घर भएकी २८ वर्षीया पुजा खड्काको होटल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा पुजा समेत ९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ६ सय ७२ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७