चितवनमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
काठमाडौं । चितवनमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ का २८ वर्षीय आलोक महतो रहेको प्रहरीले जानकारी दिएको छ ।
बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ५५०३ नम्बरको मोटरसाइकल रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना हुँदा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
