बालेन शाहले गाएको ‘लाज शरणम्’ को गीत सार्वजनिक (भिडियोसहित)

भक्तपुर न्यूज

२९ माघ २०८१ १३:०६

बालेन शाहले गाएको ‘लाज शरणम्’ को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले स्वर दिएको नेपाली चलचित्र ‘लाज शरणम्’ को नयाँ गीत ‘नेपाल हाँसेको…’ सार्वजनिक भएको छ ।

बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनी स्वयंको शब्द रचना तथा म्यूजिक कम्पोज छ ।

यो गीत करिब १० वर्षअघि नै रिलिज भइसकेको थियो । भिडियो भने बनेको थिएन । त्यही गीतलाई बालेनले फिल्मका लागि पुनः रेकर्ड गरेका हुन् ।

गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । खासगरी वैदेशिक रोजगारीले दिएको पीडालाई गीतमा देखाउन खोजिएको छ । भिडियोमा वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई चित्रण गरिएको छ, जुन मर्मस्पर्शी छ ।

भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल, सानु पाण्डे लगायत देखिएका छन् । गम्भीर विष्टले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । चलचित्रमा सिताराम कट्टेल, प्रियाना आचार्य, विजय बराल, अर्पण थापा, रेणु योगी, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतको पनि अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा छन् ।

आगामी फागुन १४ गते (महाशिवरात्री) बाट प्रदर्शनमा आउन लागेको चलचित्रको केही दिनअघि ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक गरिएको थियो ।

भिडियो :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय