थाइल्याण्डका राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
काठमाडौं । थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
