६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ घटेको छ । हिजोको तुलनामा आज सुन ५ सय रुपैयाँले बढेको हो भने र चाँदी ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ रहेकोमा आज ६ सय रुपैयाँले बढेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७