एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान

भक्तपुर न्यूज

२८ माघ २०८१ १६:३५

एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान

काठमाडौं । इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने २० औं ‘हेड अफ एनसीबी कन्फरेन्स’मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजी_ दिपक थापा नेतृत्वको टोली lxhf] त्यसतर्फ प्रस्थान गरेको छ ।

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ‘सिनारिओ अफ क्राइम अगेन्सट चाइल्ड’ विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको विषयमा छलफल हुने बताइएको छ ।

इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरु, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा क्षमता विकासका विषयहरुमा एसिया एन्ड द साउथ प्यासिफिक रिजनल राउन्ड टेबल मिटिङ पनि हुने बताइएको छ ।

इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने यो कन्फरेन्स २०२५ फेब्रुअरी ११ देखि १३ सम्म लियोनमा हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक कोमल शाह समेत सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *