१०.९८ अंकले घट्यो नेप्से

भक्तपुर न्यूज

२८ माघ २०८१ १६:०७

१०.९८ अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.९८ अंकले घटेको छ । आज परिसूचक १०.९८ अंकले घटेर २ हजार ६ सय ७७ दशमलव ३२ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको कारोबार भयो ।

आज ७७ वटा कम्पनीको मूल्य बढेको छ भने १६१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

आज न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल ९बालाजु० र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ४४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *