चीनमा २० प्रतिशतले घट्यो विवाह गर्नेको संख्या
काठमाडौं । चीनमा विवाह गर्नेको संख्या लगातार घटिरहेको छ । गत वर्ष चीनमा विवाह गर्नेको संख्यामा २० प्रतिशतको कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।
सन् २०२४ मा ६१ लाख दम्पतीले विवाह दर्ता गरेका थिए । यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो । सन् २०२३ मा चीनको कुल जनसंख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो ।
सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको थियो ।
सन् १९८० को दशकमा जनसंख्या वृद्धि उच्च बनेपछि बेइजिङले ‘एक सन्तान नीति’ लागू गरेको थियो । यो नियम सन् २०१६ मा मात्र अन्त्य भएको हो ।
दम्पतीलाई सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमति दिइएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००