कांग्रेसको महाधिवेशन आम निर्वाचनअघि नै हुन्छ : महामन्त्री थापा

भक्तपुर न्यूज

२८ माघ २०८१ १४:३८

कांग्रेसको महाधिवेशन आम निर्वाचनअघि नै हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताएका हुन् ।

‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मंसिर/पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौं नै भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था छैन’, उनले भने, ‘एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौं, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔं ।’

महामन्त्री थापाले विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई/तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने बताए । उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौं, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुपर्‍यो ।’

उनले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने बताए । टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *