भक्तपुरबाट देवघाट जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा एकको मृत्यु, २३ घाइते

भक्तपुर न्यूज

२८ माघ २०८१ १४:०१

भक्तपुरबाट देवघाट जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा एकको मृत्यु, २३ घाइते

काठमाडौं । भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखाको भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्वती काफ्ले रहेकी छन् ।

गए राति बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकामा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते केही यात्रु उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भई सडकछेउमा पल्टिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *