बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

२८ माघ २०८१ १३:४५

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन १४ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ रहेकोमा आज १४ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो तोलाको एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय