कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु
काठमाडौं । कैलालीमा हिजो साँझ ७ बजे ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो ।
ट्याक्टरबाट खसेर टायरमा च्यापिएर घाइते भएकी थरुनीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको जनाएको छ ।
प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टर र चालक तेजबहादुर मौनीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
