झापामा बेहोस भएका युवकको मृत्यु
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–१ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ ।
गएराति उनी एक जना महिला साथीसँग उक्त होटलमा गएका जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । राति सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस बेस्रा बेहोस भएका थिए । राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
