प्रेस चौतारी भक्तपुरको अध्यक्षमा पौडेल

भक्तपुर न्यूज

२४ माघ २०८१ १५:३१

प्रेस चौतारी भक्तपुरको अध्यक्षमा पौडेल

भक्तपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा आशिष पौडेल सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न पाँचौं अधिवेशनबाट पौडेलको नेतृत्वमा १२ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।

शाखाको उपाध्यक्षमा राजकुमार लामिछाने, महिला उपाध्यक्षमा मिना घोरासाइने, सचिवमा नारायण थापा, सह–सचिवमा संगम लामा, सह–सचिव समावेशी विपना मुसिख्वाल, कोषाध्यक्ष सिर्जना खतिवडा रहेका छन् । त्यस्तै, सदस्यहरुमा देवेन्द्र प्रजापति, रसिला थापा, सुस्मिता धिताल र नवराज काफ्ले र प्रतीक राज कार्की सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, केन्द्रीय प्रतिनिधिहरुमा हेमराज ढकाल, सिर्जना खतिवडा र राजकुमार लामिछाने र प्रदेश प्रतिनिधिमा रोशन राज अर्याल सर्वसम्वत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *