मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते
काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित सानदार मःम सेन्टरमा आज बिहान सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको मःम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
ग्याँस सिलिन्डर के कारणले पड्किएको भन्ने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
