सुनको मूल्य एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो

भक्तपुर न्यूज

२४ माघ २०८१ १२:०७

सुनको मूल्य एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन १६ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रहेकोमा आज १६ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो तोलाको एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *