आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै
भक्तपुर । आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । क्यान्सर रोगबारे जनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको फेब्रुवरी ४ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ रहेको छ ।
अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेका बेला बर्सेनी चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यान्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।
सन् २०२२ को एक अध्ययनले विश्वभर करिब दुई करोड क्यान्सरपीडित रहेका देखाएको छ । जसमध्ये ९७ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।
सन् २०२२ मा नेपालमा क्यान्सरका २२ हजार बिरामी थपिएका थिए । यसमध्ये १४ हजारभन्दा बढीले ज्यान गुमाए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०