ताप्लेजुङमा भरूवा बन्दुक सहित एक पक्राउ
ताप्लेजुङ । ताप्लेजुङमा भरूवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।
पाथीभरा याङवरक गाउँपालिका–१ छिपछिपे बस्ने ४० वर्षीय बिर्खराज राईलाई प्रहरीले एक थान भरूवा बन्दुक सहित हिजो दिउँसो पक्राउ गरेको हो ।
उनको घर तलासी गर्दा प्रहरीले उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
