६९.८० अंकले बढ्यो नेप्से, झन्डै १३ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । साताको पहिलो कारोबारका दिन आज आइतबार परिसूचक ६९.८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १३.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अंक बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि उच्च बढेको छ । गत मंगलबार ९ अर्ब ४० करोडको कारोबार भएको बजारमा आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आज २०२ वटा कम्पनीको मूल्य बढेको छ भने ३७ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ९७ लाख २ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।