नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

भक्तपुर न्यूज

१७ माघ २०८१ १५:३०

नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

काठमाडौं । महिला अन्तर्राष्ट्रिय टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनायो ।

नेपालका लागि सिता राना मगरले २८, कविता जोशीले २७, पुजा महतोले २४ र रुबिना क्षेत्रीले ११ रन बनाए ।

नेदरल्यान्ड्सका लागि क्यारोलिन डि ल्याङ्गे र इभा लिन्चले समान दुई/दुई तथा सिल्भर सिजर्स र आइरिस ज्विलिङले समान एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९, आइरिस ज्वेइलिङले ३१, स्ट्रि कालिसले २९ र हेटर सिगेर्सले २३ रन बनाए ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले समान एक/एक विकेट लिए ।

अब शुक्रबार नेदरल्याण्ड्सले थाइल्याण्डसँग खेल्नेछ भने शनिबार नेपालले थाइल्याण्डसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *