नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

भक्तपुर न्यूज

१७ माघ २०८१ १५:१९

नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । महिला अन्तर्राष्ट्रिय टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९, आइरिस ज्वेइलिङले ३१, स्ट्रि कालिसले २९ र हेटर सिगेर्सले २३ रन बनाए ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले समान एक/एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *