डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् ।
ओखलढुंगाको लिखु गाउँपालिका– २ घर भई पछिल्लो समय गोंगबु बस्दै आएका ४५ वर्षीय पेशलराज बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । उनलाई प्रहरीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले २०६६ साउन १९ गते ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो । फैसला भएपछि २०६६ फागुन २५ गते पक्राउ परेर कारागार चलान भएका थिए । उनी २०६७ साउन २९ गते कारागारबाटै फरार भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
