माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने छ । यस्तै, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशनमा सांसदहरुको प्रस्तुति र उठाउने एजेण्डाबारे जानकारी गराउने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
