एपिएफले जित्यो महिला लिग
काठमाडौं । एपिएफ क्लबले एन्फा महिला लिगको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै महिला लिगको उपाधि जितेको हो । अपराजित रहँदै एपिएफ च्याम्पियन बनेको छ ।
एपिएफलाई उपाधि दिलाउन सविता रानामगरले दुई गोल गरिन् भने सरु लिम्बू र अनु लामाले समान एक गोल गरे ।
खेलको ६४ औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो । त्यसको ६ मिनेटपछि नै सरुले नै अग्रता दोब्बर बनाइन् । ८४ औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । यसैगरी, इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४–० को जित दिलाइन् ।
उपाधिसँगै एपिएफले नगद १० लाख प्राप्त गरेको छ भने उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९