सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन १४ सय र चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रहेकोमा आज १४ सय रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर तोलाको एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
