एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको बर्तौलाले बताए । बैठकमा आगामी अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । संसद् अधिवेशन माघ १८ गतेबाट सुरु हुँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
