देशमा पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रहेको छ । जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
