नेपालको सान्त्वना जित, मलेसिया ७ विकेटले पराजित
काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपमा सान्त्वना जित हासिल गरेको छ । नेपालले प्लेअफ खेलमा आज मलेसियालाई ७ विकेटले हराउँदै सान्त्वना जित हासिल गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै ४७ रन बनायो । नेपालको जितमा कप्तान पूजाले नट आउट रहदै सर्वाधिक २३ रन जोडिन् । मलेसियाका लागि मार्साले ३ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालका लागि कप्तान पूजाले ४, रचना चौधरीले ३, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।
नेपाल समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९