भक्तपुर जिल्ला शुटिङ्ग सङ्घको अध्यक्षमा बजिको चयन
भक्तपुर । भक्तपुर जिल्ला शुटिङ्ग सङ्घको अध्यक्षमा राजु सिं बजिको चयन भएका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, शुटिङ्ग सङ्घ बागमती प्रदेश अध्यक्ष राजु दर्शनको उपस्थितिमा भएको साधारण सभाबाट बजिकोको नेतृत्वमा १३ सदस्य जिल्ला कमिटी गठन गरिएको हो ।
अध्यक्षमा बजिको चयन भएसँगै उपाध्यक्षमा रामशरण बैजु, सचिवमा रोहित मानन्धर, सहसचिवमा रचना लाखेमरु, कोषाध्यक्षमा चन्द्र प्रसाद सुवाल, सदस्यहरूमा सची बनेपाली , आशिष् वैद्य, रामकृष्ण लवजु, अनिल फोजु, दिपा अधिकारी, गोपीलाल श्रेष्ठ, सरोज केसी र कपिल देव नेपाल चयन भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
