सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोज्यो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएका छन् ।
आज बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताएका हुन् ।
विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन बाध्य भएको उनको भनाइ छ ।
संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने उनको दाबी थियो । तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रचण्डले बताए ।
उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२८ माघ २०८१ १६:१०
भक्तपुर–काभ्रेपलाञ्चोक समितिको अध्यक्षमा खत्री र सचिवमा श्रेष्ठ
२८ माघ २०८१ १६:०७