१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

भक्तपुर न्यूज

१० माघ २०८१ १२:३८

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

पाल्पा । पाल्पामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार बेलुकी एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका–८ भुजात बस्ने २५ वर्षीय नबिन गुरूङ रहेका छन् ।

गुरूङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *