सर्लाहीमा भरूवा बन्दुक सहित एक पक्राउ
सर्लाही । ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकबाट प्रहरीले भरूवा बन्दुक १ थान सहित एक जनालाई गए राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३१ वर्षीय गोबिन्द बस्नेत रहेका छन् ।
प्रहरी चौकी फुलजोर र घारी सव डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
