वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभुमि नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवनको राप्ती नगरपालिका–१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।
पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रूपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।
प्रहरीले सुमन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका–९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।