सुप्रिम सहकारी ठगी प्रकरणमा रविको थुनछेक बहस सुरु

भक्तपुर न्यूज

१० माघ २०८१ ११:३१

सुप्रिम सहकारी ठगी प्रकरणमा रविको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित जोडिएको बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु भएको छ । आज बिहीबार जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस सुरु भएको हो ।

हिजो बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने आज बिहीबार अदालतमा उपस्थित भइसकेका छन् । आजदेखि थुनछेक बहस हुने बताइएको छ ।

जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन् ।

सुरूमा सरकारी वकिलहरूले बहस गर्नेछन् । त्यसपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् ।

सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *