५२.३६ अंकले बढ्यो सेयर बजार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । साताको चौथो कारोबारका दिन आज बुधबार परिसूचक ५२.३६ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ४५ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ८.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज १९६ वटा कम्पनीको मूल्य बढेको छ भने ३७ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ८.२१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ६१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।