‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मायावी’ को गीत मंगलबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार पल शाह, दीपिका प्रसाईं र नव–अभिनेता समिम खान फिचर्ड छन् । गीतमा बिदाइको क्षणलाई वर्णन गरिएको छ विवाहको परिवेशमा रहेर यसको भिडियो तयार पारिएको छ ।
यस गीतमा दीक्षित पौडेल र समीरा थपलियाले स्वर दिएका छन् । गीतका शब्द दयाराम पाण्डे र निर्देशक भट्टराईले लेखेका हुन् । संगीत संयोजन शम्भुजित बास्कोटाको हो । भिडियोको कोरियोग्राफर पनि निर्देशक भट्टराई स्वयं हुन् ।
चलचित्रमा पल, दीपिका र समिमसँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतको अभिनय छ ।