रोल्पामा बसको ठक्करबाट वृद्धाको घटनास्थलमै मृत्यु
काठमाडौं । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ भित्री सडक खण्डमा पर्ने कानकुटे डाँडा नजिकै सडकमा मंगलबार साँझ बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–७ बलबाङकी ७५ बर्षीया मनबुझा विक रहेको रोल्पा प्रहरीले जनाएको छ ।
दाङको घोराहीदेखि रोल्पाको डुब्रिङ तर्फ जाँदै गरेको रा १ ख २३५६ नम्बरको बसले सडकमा हिडिरहेकी मनबुझालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
चालक तथा बस धनी रुन्टीगढी–५ भर्तिवनका ३४ का लेखराज दसौंदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
