बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । साताको तेस्रो कारोबारका दिन आज मंगलबार परिसूचक ५.०८ अंकले बढेर २ हजार ६ सय १३ दशमलव ०८ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ ।
आज बढेपनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज १०६ वटा कम्पनीको मूल्य बढेको छ भने १३९ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ वटा उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ ।
आज मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिभर फल्स पावरको शेयरमूल्य आज सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।