सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।
क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही गरेको हो ।
म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।
सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए । जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गलत निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।