वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा बाग्लुङको ताराखोला गाउँपालिका–३ घर भई काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय तिलक बहादुर कार्की, प्युठानको नौबहिनी गाउँपालिका–६ घर भई काठमाडौं बल्खु बस्ने ३६ वर्षीय हरि बहादुर बिष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ घर भई काठमाडौं बानियाटार बस्ने ३४ वर्षीया जमुना परियार रहेका छन् ।
पक्राउ मध्ये तिलकले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, हरिले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र जमुनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।
प्रहरीले तिलकलाई आइतबार तथा हरि र जमुनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल प्रहरीले जनाएको छ ।