ठगीमा संलग्न दुई पक्राउ
काठमाडौं । प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा २ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२४ बस्ने उदयपुरको रौतामाई गाउँपालिका–७ घर भएका ३५ वर्षीय ध्रुब कुमार राय र ४१ वर्षीय राजन डंगोल रहेका छन् ।
मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी विभिन्न पसलहरूमा गई ई–सेवामा रकम पठाउन लगाई उक्त रकम पठाए पश्चात केही समयपछि नगद लिएर आउँछु भनी चोरी गरेको मोबाइल तथा कागजातहरू धितो राखी फरार भई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
