निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु
काठमाडौं । निर्माणाधीन दुई तले पक्की घरबाट खसेर दाङको तुलसीपुर उपमहानगरपालिका–४ बनहरीमा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवलपुरका २८ वर्षीय सन्तोष चौधरी रहेको प्रहरीले जनाएको छ ।
बनहरीका सुभान पुनको निर्माणाधीन दुई तले पक्की घरबाट खसेर चौधरी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार हिजो सोमबार साँझ निर्माणाधीन दुई तले पक्की घरबाट खसेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते भएका चौधरीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए । चौधरीको शव पोस्टमार्टमपछि आज मंगलबार आफन्तले बुझेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
